• डिमर्चाका गायक भाष्करध्वज श्रेष्ठ पाेखरामा राहत बाँड्दै

    May 25, 2020     10:22 pm

    पोखरा, १२ जेठ । पोखरेली कलाकार भाष्करध्वज श्रेष्ठ र पोखरा बाटुलेचौर घर भई हाल अमेरिकामा रहेका कमल थापाले २७ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

    महामारीको रुपमा रहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण खाद्यान्न नपाई भोकभोकै परेका गरीब तथा विपन्न मजदुर परिवार, एकल महिला, विद्यार्थी, साधु तथा मिर्गौला पीडित, सुत्केरीलगायतलाई उनीहरुले सहयोग गरेका हुन् ।

    परिवार संख्याका आधारमा कसैलाई २५ केजी चामल, त कसैलाई १० केजी चामलसहित दाल, गेडागुडी, तेल, नुन, मसला, साबुन, सोयाविनसहितको प्याकेज खाद्यान्न सामग्री सहयोग गरेको कलाकार डिमर्चा व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए । उनले कसैकसैलाई खाना पकाउने एलपी ग्याससमेत सहयोग गरेको बताए ।

    उनका अनुसार आइतबार र सोमबार गरेर पोखरा ३ तेर्सापट्टी, नदीपुर, कोपिलढुंगा, भैरवटोल, नालामुख, नदीपुर, नारायणस्थान, बगर नयागल्ली, दीपलगायतका क्षेत्रका परिवारलाई सहयोग गरिएको छ । स्थानिय जनप्रतिनिधिको रोहवर तथा साथीहरुको सहयोगमा सहयोग हस्तान्तरण गरिएको उनले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।