नेपाल प्रेस युनियन कास्कीले पोखरामा विभिन्न सञ्चारमाध्यममा क्रियाशील सञ्चारकर्मीलाई सुरक्षा सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी बन्दाबन्दीका बाबजुद समाचार सङ्कलनमा खटिएका ३० जनाभन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार सञ्चारकर्मीलाई मास्क, सेनिटाइजर र पञ्जाजस्ता सुरक्षा सामग्री प्रदान गरिएको छ ।
युनियनको पहल एवं विभिन्न सहयोगी व्यक्ति तथा संस्थाको सहयोगमा सञ्चारकर्मीलाई पहिलो र दोस्रो चरण गरी सुरक्षा सामग्री वितरण गरिएको युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा वितरित सुरक्षा सामग्री पोखरा महेन्द्रपुलस्थित पाथिभरा सर्जिकल सप्लायर्सकी प्रोप्राइटर विद्या अधिकारीले प्रदान गरेकी हुन् ।
अहिले प्रत्येक सञ्चारकर्मीले आफू सुरक्षित भई जनतालाई सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने दायित्व रहेको र यस अवस्थामा सञ्चारकर्मीले भोग्नुपरेको पीडा तथा दुःखमा युनियन सधैँ साथमा रहेको उनले विश्वास व्यक्त गरिन् ।