• पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार नियुक्त गर्न माग

    May 23, 2020     10:20 pm

    पोखरा । पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्व विहीन बनेको भन्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सङ्घका अध्यक्ष सञ्जीव थापाद्वारा आज यहाँ हस्ताक्षरित विज्ञप्तिमा देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भनिएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

    रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्ति गर्नसमेत माग गर्दै विज्ञप्तिमा पदपूर्ति गर्न विभिन्न बहानामा थप ढिलाइ नगर्न र हजारौँ विद्यार्थीको भविष्य अन्योलमा नपार्न आग्रह गरिएको छ । विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारीका बेला कत्ति विचलित नभई सुरक्षाका विधि अपनाउँदै सुरक्षित रहन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई आग्रहसमेत गरिएको छ ।

    पोखरा विश्वविद्यालयमा विगत आठ महिनादेखि उपकुलपति र रजिष्ट्रार पद रिक्त छन् भने २०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न सङ्कायका डीन र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त भएको छ । -रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।