• नेपालको झण्डा बोकेर लिपुलेक हिँडेका ७ जना पक्राउ

    May 22, 2020     12:06 am

    ८ जेठ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा बोकेर लिपुलेक जान हिँडेका ७ जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार ब्यास गाउँपालिकाको तुम्लिङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको छ ।

    ‘कालापानी जाँदा एसएसबीले नै कुट्छन्, अप्रिय घटना हुनसक्छ’, विष्टले भने, ‘त्यसैले रोकेका हौं । फेरि लकडाउन पनि उल्लंघन गरेकाले पक्राउ गरेका हौं ।’ उनीहरुलाई तिंकरसम्म पुग्दै पनि समस्या हुनसक्ने उनले सुनाए ।

    पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान हुन बाँकी रहेको उनले जनाए । नेपाली भूमि मिचेर भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि जनस्तरमा व्यापक विरोध भइरहेको छ । बुधबार नेपाल सरकारले पनि कालापानी, लिपुलेक क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरिसकेको छ ।-अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।