• भजन शिरोमणि भक्तराज आचार्य को जीवनी

    April 7, 2019     10:14 pm

    उनको जन्म बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६मा भएको हो। उनले साढे एक वर्षमै बुबा गुमाए। यही बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उनी भारतको डुअर्सको चियाबगान पुगे, जहाँ उनका जीवनका ३१ वसन्त बिते। बिस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गएपछि कम उमेरमै उनले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो। जस्तोसुकै विपत्तिमा पनि संगीतप्रतिको उनको लगाव जारी नै रह्यो, ‘संगीत प्रभाकर’ सम्म उनले अध्ययन गरे।

    तीसको दशकको सुरुवातसँगै उनको सांगीतिक जीवनले मोड लियो। वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ प्रथम भयो र उनले स्वर्ण पदक प्राप्त गरे। यस गीतका संगीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्ण पदक प्राप्त गरेकाका थिए।

    प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागीरे भए भक्तराज। त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए। उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत कोएर, ब्यालेट, ब्यानटाटा (कविता गायन) र फिल्मको पाश्र्व गायनसमेत गरेका छन्। युगल गीत भने चारवटा मात्रै गाएका छन्।

    वि.सं. २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो। त्यसयता लगभग उनको गायनयात्रामा विराम लाग्यो।

    उनका दुई सुपुत्र सत्यराज र स्वरूपराज पनि नेपाली सुगम संगीतमा स्थापित गायक छन्।

    चर्चित गीतहरू
    जीवन भनुँ त घात छ…
    मुटु जलिरहेछ, यो मन गलिरहेछ…
    जति चोट दिन्छौ देऊ मायालु…
    सबै बेहोसी नशा पिएर…
    हजार आँखा हेर्ने मेरी मायालुलाई…….
    भुल्नै सकिन त्यो क्षण मिलनको…
    सबैबाट तिरस्कृत…
    यो कथा सुरु गरेर…
    आँसुजस्तो हो जीवन…
    हजार सपनाहरुको माया लागेर आउँछ……
    जहाँ छन् बुद्धका आँखा…..
    कोही नगरोस् प्रेम अमर….
    पुरस्कार
    उनले पाएका पुरस्कारः

    भजन शिरोमणि
    गोरखा दक्षिणबाहु
    त्रिशक्ति पट्ट (पहिलो)
    वीरेन्द्र-ऐश्वर्य सेवा पदक
    राष्ट्रिय प्रतिभा पुरस्कार
    छिन्नलता पुरस्कार
    थुप्रै लाई फटाइम अचिभमेन्ट अवार्ड
    उनको जीवनीमाथि ‘आचार्य’ नामक चलचित्र पनि बनेको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।