• राष्ट्रपति ट्रम्प कोरोनाबाट जोगिन हाइड्रोक्लोरोक्विन औषधि खाँदै, अमेरिकामा कोरोनाबाट मृत्यु हुने ९० हजार नाघ्यो

    May 19, 2020     11:27 am

    ६ जेठ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो ।

    ट्रम्पले भने– हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको छु : यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको बताएका छन् । जबकी यसअघि मलेरियाका बिरामीलाई दिइने यो औषधिको ट्रम्पले खिल्ली उडाएका थिए ।

    सोमबार पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले भने, ‘मैले करिब डेढ हप्तादेखि यो औषधि खाइरहेको छु, त्यसैले म यहाँ उपस्थित हुन सकेको छु । तपाईंले देखिरहनु भएको छ । मेरो तर्फबाट यही नै प्रमाण हो । यसबारे धेरै सकारात्मक फोन आइरहेको छ ।’

    केही वैज्ञानिकहरुले हाइड्रोक्लोरोक्विनबाट कोरोनाविरुद्ध लड्न मद्दत मिल्छ भनेपछि अमेरिकाले यो औषधि भारतबाट समेत किनेको थियो । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसविरुद्धको औषधि अझै पत्ता लागेको छैन तर हाइड्रोक्लोरोक्विन औषधिले रोगप्रतिरोधात्मक क्षमता बढाउने बताइन्छ । अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।