विन्ध्यवासिनी मन्दिरमा राष्ट्रपति द्वारा लिफ्ट, उद्घाटन
March 7, 2019 7:22 pm
फोटो गुगल
पोखरेली न्युज पोखरा, २३ फागुन /पोखराको विन्ध्यवासिनी मन्दिरमा दर्शनका लागि आउने वृद्धवृद्धा एवं शारीरिक अपांगता भएकाको सिहजताका लागि लिफ्ट निर्माण भएको छ । लिफ्टको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार उद्घाटन गरिन् ।
व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्स कोरियाको संयुक्त लगानीमा करिब १ करोडको लागतमा लिफ्ट निर्माण भएको हो ।
६० फिट अग्लो लिफ्टमा १० जना सम्म चढ्न मिल्ने गरि व्यवस्थापन गरिएको छ ।
लिफ्ट नहुँदा सम्म जेष्ठ नागरिक र अशक्त, शारीरिक अपांगता भएका मन्दिरको दर्शन गर्नका लागि अशुविधा हुँदै आएको थियो । लिफ्ट संचालनमा आए संगै सहज हुने छ ।