पोखरा, २४ चैत । साताको पहिलो दिन १७ दशमलव १६ अंकले नेप्से बढ्दा परिसूचक १ हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । १ हजार १६४ दशमलव ९४ विन्दुबाट शुरु भएको परिसूचक साढे तीन घण्टापछि निरन्तर उकालो लागेर १ दशलमव ४७ प्रतिशतले बढ्न पुगेको हो ।
दश समूहको परिसूचकमा बैंकिङ समूहको परिसूचक २ दशमलव ७५ र विकास समूहको १ दशमलव शून्य ३ प्रतिशतले बढेपछि नेप्से बढ्न पुगेको हो । प्राविधिक विश्लेषण गर्दा बैंकिङ समूहले १ हजारको प्रतिरोध तोडेपछि लगानीकर्ताहरु यसतर्फ आकर्षिक भएका हुन् ।
यस समूहले दोस्रोे प्रतिरोध १ हजार ७० मा पाउने र मुख्य प्रतिरोध १ हजार १४० देखि १ हजार १५० सम्म रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने मिति नजिकिएसँगै बैंकिङतर्फ लगानीकर्ताहरु आकर्षित भएका हुन् । दोस्रो त्रैमासमा सोचेकोभन्दा राम्रो नाफा कमाएका बैंकहरुले तेस्रो त्रैमासमा राम्रो नाफा कमाउने अनुमानले लगानीकर्ताहरु बैंकतर्फ लागेको एक लगानीकर्ताले बताए ।
उनी भन्छन्, ‘बजार धेरै घटेर वाणिज्य बैंकहरुको शेयर मूल्य सस्तोमा पाएपछि शेयर खरीद गरेर बसे बैंकहरुको नाफामूलक विवरण आएपनि फाइदा हुने आशामा लागनीकर्ताहरु बैंकिङतर्फ लागेका हुन् ।’
बैंकहरुले नाफा कमाएसँगै आगामी वर्षमा राम्रो लाभांश दिने सक्ने आंकलन गरेपछि सस्तो मूल्यमा किनेको शेयर लगानीकर्ताहरु बसेको हुन् ।अस