• अफ्रिकामा कोरोना भाइरसबाट एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने डब्लूएचओकाे चेतावनी

    May 8, 2020     2:29 pm

    २६ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) रोकथामको उपाय सफल नभए यस वर्ष एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

    डब्लूएचओको एक अध्ययनमा कोरोना भाइरसको महामारीले अफ्रिकामा ठूलो नोक्सानी पु¥याउन सक्ने देखिएको हो । यो अनुमान डब्लूएचओको अफ्रिकाका ४७ मुलुकमा गरिएको विश्लेषणको आधारमा तयार पारिएको हो । अध्ययनका अनुसार, अल्जेरिया, दक्षिण अफ्रिका र म्यानरुनमा कोरोना भाइरस रोकथामको लागि ध्यान नदिएको खण्डमा त्यहाँ कोरोना भाइरसको महामारी फैलिने खतरा बढी देखिएको छ ।

    डब्लूएचओले यसअघि नै अफ्रिकाको लागि आगामी दिन निकै चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिएको थियो । अत्यधिक संख्यामा मानिसहरु अस्पतालमा भर्ना भइरहेको कारण अफ्रिकाको स्वास्थ्य सेवा एक चुनौती बन्न सक्ने बताइएको छ । अध्ययनमा अफ्रिकी मुलुकहरुलाई आफ्नो अस्पतालको क्षमता बढाउन सुझाव दिइएको छ ।

    गत मार्चमा गरिएको एक अध्ययनका अनुसार, अफ्रिकामा औसतमा १० लाख मानिसका लागि केवल ९ आईसीयू वार्ड रहेको तथ्यांक सार्वजनिक भएको थियो । बीबीसी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।