• खानेपानीको पैसा मोबाइलबाटै

    May 3, 2020     5:09 pm

    केदार धमला, पोखरा, २१ वैशाख – नेपाल खानेपानी संस्थानले उपभोक्तालाई मोबाइलबाटै पैसा तिर्ने व्यवस्था मिलाएको छ । संस्थानले देश भरका २४ शाखामध्ये ठूलो शाखा पोखरा शाखाका उपभोक्तालाई अनलाइन एपमार्फत् पैसा तिर्ने व्यवस्था गरेको हो ।

    पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीले पोखरेली उपभोक्ताको हितमा संस्थानले यो सेवा सुरु गरेको प्रतिक्रिया दिए । उनले पानीको नियमित महशुल तिर्न लाइन बस्ने समस्या समाधान गरिएको बताए । गत फागुनदेखि अनलाइन बिलिङ प्रणाली सुरुआत गरेको संस्थानले लकडाउनको समयमा घरमै बसेर पैसा तिर्ने व्यवस्था गरेको हो ।

    पोखरा शाखासँगै विन्ध्यवासिनी र हेमजाशाखाबाटसमेत इसेवा, प्रभु टेक्नोलोजी र खल्ती पेमेन्टमार्फत् रकम तिर्न सकिने कार्यालय प्रमुख कार्कीले बताए । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनलाई कार्यान्यवयन गर्दै संस्थानले उपभोक्तालाई सहज बनाएको कार्कीको भनाई छ । पोखरा, हेमजा र विन्ध्यवासिनीसहित करिव ४५ हजार धाराका उपभोक्ताले सहजरुपमा नियमित पानी महशुल तिर्न सहज भएको नेपाल खानेपानी संस्थान हेमजाका शाखा प्रमुख दिनेश्वरप्रसाद यादवले जानकारी दिए ।

    संस्थान पोखरा शाखाले कुनै समस्या आए कार्यालयमा टेलिफोन गर्न उपभोक्तालाई अनुरोध गरेको छ । प्लाज्मा टेक्नोलोजिस्ट काठमाडौंले अनलाइन पेमेन्ट सेवा प्रदान गरेको हो । प्लाज्मा टेकका अध्यक्ष निर्मल सेढाईँले सिंगो संस्थानलाई एउटै सफ्टवेयरमार्फत् सेवा दिँदै लगिने बताए । उपभोक्तालाई सहज पेमेन्ट गर्न सकिने व्यवस्था गर्ने केन्द्रीय नीति अनुरुप कम्पनीले सबै शाखामा सेवा विस्तार गरिँदै लैजाने योजना रहेको सेढाँईले सुनाए । संस्थान प्रधान कार्यालयले प्रभु टेक्नोलोजी प्रालि, इसेवा र खल्ती पेमेन्टसँग सम्झौता गरिसकेको छ ।

    इसेवा एप डाउनलोडगरी व्यक्तिगत आइडीमार्फत् खानेपानीको धारा देखिएको चिह्नमा खानेपानी संस्थान पोखरा पार्दी र खानेपानी संस्थान पोखरा विन्ध्यवासिनी र खानेपानी संस्थान हेमजामा आफ्नो ग्राहाक संख्या भरेर पैसा तिर्न सकिने छ । एपमा कति रकम तिर्नुपर्ने, जरिवाना कति लागेको छ, छुट रकमसहित देखाउँछ । तिर्नुपर्ने रकम बैंक खाताबाट भुक्तानी गर्न सकिने छ । संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले सिंगो संस्थानका उपभोक्ताले असार मसान्तसम्ममा इसेवा, खल्ती, प्रभु टेक्नोलोजी, एनआइसी एसिया बैंक र स्प्यारो इपेमेन्टमार्फत् पानीको महशुल तिर्ने व्यवस्था गरिसकिने बताए ।

    संस्थानको कार्यक्षेत्र पोखरा, बुटवल, भद्रपुर, विराटनगर, धरान, राजविराज, लाहान, जनकपुर, जलेश्वर, गौशाला, मलंगवा, गौर, कलैया, बनेपा, विरगञ्ज, भैरहवा, तौलिहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायत शाखाका उपभोक्तालाई सेवा दिन लागेको नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादले जानकारी दिए । संस्थानको शाखा कार्यालय भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी र मेहन्द्रनगर शाखाका उपभोक्तालाई पैसा तिर्ने व्यवस्थामा सहज भइसकेको खरिद शाखा प्रमुख कमल थापाले जानकारी दिए । सिंगो संस्थानले करिव १ लाख ४२ हजार उपभोक्तालाई मासिक महशुल तिर्न सहज बनाउने संस्थानको नीति रहेको अर्थमहाशाखा प्रमुख रामशरण रायमाझीले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।