• वडा नं १८ मा उद्घोषण र प्रस्तावना लेखन तालिम शुरु

    April 7, 2019     7:12 pm

    पोखरा, २४ चैत ।गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाल मनको विकासबाट नै सामाजिक विकास सम्भव हुने बताएकिछिन् । पोखरा महानगरपालिका वडा नं १८ को आयोजनामा सराङकोटमा आयोजित उद्घोषण तथा प्रस्तावना लेखन सम्बन्धि एक हप्ते तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले तालिमले आत्मविश्वास प्रदान गर्ने बताइन् ।
    उनले तीन तहको सरकार गठनसँगै सामाजिक जागरणका कार्यहरु हुँदै गएको भन्दै अब व्यत्तित्व तथा नेतृत्व विकाससँगै निर्णायक तहमा महिला पुग्नु पर्ने धारणा राखिन् ।
    वडा अध्यक्ष रण बहादुर थापाले महिला विकासको लागि वडा प्रतिवद्ध रहेको बताए । उनले महिलाको सशक्तिकरणकालागि विभिन्न चरणमा लक्षित महिलालाइ सीप मुलक र क्षमता अभिवृद्धि तालिम प्रदान गरिरहेको बताए ।
    कार्यक्रममा नेकपा नेता पुस्कल थापा, टिकाराम तिमिल्सिना, नेपाली काँग्रेसका वडा नं १८ का सभापति शिव प्रसाद तिमिल्सिना लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरे ।
    वडा सदस्य एवंं कार्यक्रम संयोजक भोजकुमारी थापाले महिलाको नेतृत्व विकासको अभावमा विभिन्न समस्या भोग्नु परेको भन्दै नेतृत्व विकास र विभिन्न कार्यक्रमको लागि प्रस्तावना लेखन तालिमको आयोजना गरेको बताइन् ।
    सञ्चारिका समुह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्माले उद्घोषण र नेतृत्व विकासको तालिम सहजिकरण गर्नेछिन् भने बलराम तिमिल्सिना र इन्द्र कुमारी थापाले प्रस्तावना लेखन तालिमको सहजिकरण गर्ने कार्यक्रममा वडा सदस्य सरला नेपालीले जानकारी दिइन् । तालिमा वडाका २८ वटा आमा समूहका अध्यक्ष एवं प्रतिनिधि सहित ४५ जनाको सहभागिता रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।