• युवा उद्यमि मञ्च पोखराद्धारा प्रहरीलाई सेनिटाइजर टनेल हस्तान्तरण

    April 24, 2020     3:42 pm

    पोखरा, १२ बैशाख । कोरोनाको जोखिम बढेको भन्दै नेपाल युवा उद्यमि मञ्च पोखराले वडा प्रहरी कार्यालय बैदामलाई सेनिटाइजर टनेल हस्तान्तरण गरेको छ । कोरोनाको जटिल परिस्थीतिमा फ्रन्टलाइनमा काम गर्ने मध्येको एक नेपाल प्रहरी भएका कारण उनीहरुको जोखिम कम गर्न मञ्चले टनेल हस्तान्तरण गरेको बताइएको छ ।

    कास्कीको पर्यटकिय नगरी पोखराको लेकसाइडमा रहेको वडा प्रहरी कार्यालयमा टनेल उपलब्ध गराइएको हो । टनेल युवा उद्यमि मञ्चकै एक जना उद्यमि सरोज कायस्थले बनाएका हुन । सो टनेलमा सेनिटाइन्ड भएपनि मात्र वडा प्रहरी कार्यालय प्रवेश गर्न पाइने भएको छ । टनेल वडा प्रहरी कार्यालयको गेट भित्र राखिएको छ ।

    टनेल हस्तान्तरण गर्दै युवा उद्यमि मञ्चका अध्यक्ष पुनित बैद्यले आफुहरुको सानो प्रयासले प्रहरीलाई सुरक्षित रहन मद्यत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । सोही हस्तन्तरण कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका डिएसपि यादव ढकालले युवा ब्यवसायीको यो कार्यले प्रहरीलाई जोखिम कम भएको र काम गर्न हौसला मिलेको बताउनुभयो ।

    युवा उद्यमि मञ्चमा पाेखराका करीब सय भन्दा बढी युवा व्यवसायीहरुको आबद्यता रहेको छ । मञ्चले केही दिन अगाडि पनि पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई तिन हजार वटा मास्क र ४ लिटर सेनिटाइजर उपलब्ध गरेको थियो भने वडा प्रहरी कार्यालय बैदामलाई १०० काटुन पानी पनि उपलब्ध गरएको थियो । कार्यक्रमको सहजिकरण मञ्चका प्रोग्राम चियर पर्सन निरन केसीले गर्नुभएको थियो । उहाँले आफुहरु अन्य समयमा पनि युवाको भुमिका निर्वाह गर्न सधै अगाडि रहने बताउनुभएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।