• बि.टी कपको अन्तिम चारमा तारा, गैह्री, बि–१३ र रिलिजन फुटबल क्लब

    April 7, 2019     7:04 pm

    पोखरा, २४ चैत ।

    पोखराको पुरानो टुडिखेलमा जारी तेस्रो विरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको अन्तिम चारमा तारा फुटबल क्लब, ग्रह्री एफ.सी, बि–१३ र रिलिजन फुटबल क्लब प्रबेश गरेको छ ।

    रञ्जन मेमोरियल र तारा एफसी बिच आईतबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा ५–४ को गोल अन्तरले मेमोरियललाई पराजित गर्दै तारा एफसी अन्तिम चारकोे यात्रा तय गरेको हो । उक्त खेलबाट म्यान अफ द म्याच तारा एफसीका गोल रक्षक अजित प्रजापति घोषित भए ।

    त्यस्तै फेदी एफसी र गैह्री एफसी बिच भएको दोस्रो खेल गोल रहित बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ को गोल अन्तरले फेदी एफसीलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश ग¥यो । सो खेलबाट म्यान अफ ल म्याचबाट गैह्री एफसीका गोलरक्षक मुमिन तामाङ पुरस्कृत भए ।

    तेस्रो खेलमा बि­–१३ ले आयोजक बिटीलाई ३–० को गोल अन्तरले पाखा लगाउदै गैह्री एफसीसँगको भेट पक्का ग¥यो भने उक्त खेलबाट शिव थापा म्यान अफ द म्याचका हकदार बने । त्यसैगरी अन्तिम खेलमा रिलिजन एफसीले अल्फा एफसीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा तारा एफसीको निम्तो पायो ।

    उक्त खेलबाट ह्याट्रिक गरेका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भएको खेल संयोजक बिकास केसीले बताए । उनका अनुसार अन्तिम चारका खेल र फाईनल खेल सोमबार हुनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।