कुनै मन्दिर धाउन नपरोस भगवान खाेज्न, आमा तिमि मेरो साथ भए सम्म !
April 23, 2020 6:51 pm
-विकास क्षेत्री । पाेखरा
कुनै मन्दिर धाउन नपरोस,भगवान खाेज्न । आमा! तिमि मेरो साथ भए सम्म ।। कुनै पुकार गर्न नपरोस, भगवान राेज्न । आमा! तिम्रो आशिर्बाद मलाइ रहे सम्म ।। आमा ……… आमा ……… आमा ………
हरदम तिम्रो सेवा गरि राख्न पाउ । आमा! यस धर्तीमा तिमि रहे सम्म । । शान्ती कतै खोज्न जान नपरोस आमा!तिम्रो काखमा मेरो शिर भए सम्म ।। आमा ……… आमा ……… आमा ………
मलाइ कुनै अमृतको आवश्यकता नपरोस तिम्राे ममताकाे तागत मेरो रगतमा रहे सम्म, फिक्कर छैन मलाइ संसारै बैरी भए पनि आमा ! तिम्रो साथ पाइरहुँ तब सम्म , आमा ……… आमा ……… आमा ………
कुनै कृतिम सुख को आबश्यकता नपरोस आमा ! तिम्रो न्यानो माया भए सम्म , हजार जुनी तिम्रै सन्तान भएर जन्म लिन पाउ आमा ! तिम्रो कोख रहे सम्म , आमा ……… आमा ……… आमा ………