• बुलौदी खोलामा कल्भर्ट पुल शिलान्यास

    March 7, 2019     7:09 pm

    फाइल तस्बिर

    पोखरेली न्युज पोखरा, २३ फागुन /पोखरा महानगरपालिका वडा नं. ५ स्थित बुलौदी खोलामा बन्न गइरहेको कल्भर्ट पुलको शिलान्यास भएको छ ।

    गण्डकी प्रदेश सांसद प्रभा कोइराले एक कार्यक्रमका बिच पुलको शिलान्यास गर्दै वर्षायाममा बुलौदी खोला बढेर आवतजावत गर्न हुने कठिनाई र असरलाई कम गर्न अत्यावश्यक रहेको बताउँदै वडा नं. ५ र १८ जोड्ने यस पुलले हजारौं स्थानीय बासिन्दालाई सुविधा पुग्ने बताइन् ।

    कार्यक्रममा वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपाली र वडा नं. १८ का अध्यक्ष रणबहादुर थापाले पुल यस क्षेत्रको विकासको आधार भएको बताए ।

    कार्यक्रममा वडा सदस्य उज्वल खत्री, हरिमाया विश्वकर्मा, प्राविधिक दिपा चापागाइँ लगायतले योजनाको बारेमा बोलेका थिए ।

    कार्यक्रममा स्वागत वडा सदस्य मन्जु केसीले गरेकी थिइन् । प्राविधिक इस्टीमेट अनुसार पुलको लागत ५५ लाख रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।