• पोखरा—४ मा राहत स्वस्फुर्त उपलब्ध गराउने व्यक्ति संघसंस्थाको नाम सार्वजनिक

    April 20, 2020     8:20 pm

    पोखरा । पोखरा महानगरपालिका वडा नं ४ मा स्वस्फुर्त राहत उपलब्ध गराउने दाताहरुको नाम सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिका कार्यालयबाट पुरा प्याकेज र आधा प्याकेज गरि रु ८ लाख ७१ हजार बराबरको राहत बाहेक अन्य संघसंस्था, व्यवसायिक प्रतिष्ठान र व्यक्तिमार्फत उपलब्ध भएको राहत प्याकेज सार्वजनिक गरिएको हो ।

    पोखरा महानगरपालिका वडा नं ४ ले वितरण गरेको राहतमा मुनाल स्टोर्स चिप्लेढुङगाबाट जिरा मसिना चामल ५ बोरा, नुन ३५ पोका, सावुन लाइफ ब्वाइ ३० वटा गरि रु १० हजार ५ सय बराबरको राहत प्राप्त भएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी गराए ।

    उनका अनुसार विनायक फ्रेस हाउस९प्रविन पालिखे० बाट जिरा मिसना चामल ५ बोरा, नुन २० पोका, दाल १ बोरा गरि रु १२ हजार ५ सय बराबरको, भागीरथ स्टोर्स चिप्लेढुङ्गाबाट जिरा मसिना १ बोरा, सोनम जिरा मसिना चामल १ बोरा, नुन २० पोका गरि रु।४ हजार ५ सय ५० बराबरको, गोपालजी स्टोर्स ९रामृकष्ण टोल० बाट चामल ३ बोरा, दाल २५ केजी, केराउ २५ केजी, नुन २५ पोका, तेल १२।५ लिटर गरि रु।११ हजार ५० बराबरको राहत उपलब्ध भएको छ ।

    यस्तै, देविप्रसाद पराजुली चिप्लेढुंगाबाट रु।४ हजार ९ सय ४५ बराबरको सन फ्लावर तेल, बसन्तप्रसाद पराजुली ९प्रा। पृथ्वीनारायण क्याम्पस० चिप्लेढुङ्गाबाट ७ जनालाइ रु। ७ हजार बराबरको आधा प्याकेज, पोखरा—४ निवासी गोप्यदानदातामार्फत ५० जनालाइ रु ५० हजार बराबरको आधा प्याकेज र लायन्स अफ समृद्धिबाट १२ जनालाइ रु १२ हजार बराबरको आधा प्याकेज राहत प्राप्त भएको वडाध्यक्ष बास्तोलाले बताए ।

    वडाअध्यक्ष बास्तोलाले वडामा भएका अति विपन्न, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, एकल महिलालाइ विशेष प्राथामिकता दिइ राहत उपलब्ध गराउने जानकारी गराएका छन् । राहतका लागि वडाध्यक्ष, राहत वितरण कार्यक्रमका संयोजक, वडा सचिव, वडा सदस्यहरुलाइ सम्पर्क गर्न सकिने छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।