• नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

    April 14, 2020     4:01 pm

    २ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाकाे रिपाेर्ट काेराेना पाेजेटिभ देखिएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ पुगेकाे छ ।

    मन्त्रालयका अनुसार अपार्टमेन्टमा बस्दै आएका तीन जनामा काेराेना भाइरसकाे शंका भएसँगै थप पुष्टिका लागि साेमबार आरडीटी विधिबाट परीक्षण गर्दा २ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।पाेजेटिभ देखिएकामध्ये एक ५८ वर्षिया पुरुष र अर्की ८१ वर्षिया महिला रहेकाे मन्त्रालयले जनाएकाे छ । पीसीआरबाट थप परीक्षण गर्दा समेत उनीहरूकाे पोजेटिभ रिपोर्ट देखिएको हाे ।

    बाँकी १ जनाको हालको परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू यसअघि टाउन प्लानिंङस्थित निवासमा बसोबास गर्दै आएको मन्त्रालयले जनाएकाे छ । उनीहरूलाइ साेमबार नै पाटन अस्पतालमा भर्ना गरिएकाे थियाे । मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको पनि जनाएकाे छ । त्यहाँ देखिए संक्रमितहरूसँग संलग्नहरूको ‘ट्रयासिङ’ गर्न पनि सुरू भएको जनाइएकाे छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।