• भारतमा लकडाउन वैशाख २१ गतेसम्म लम्बाउने प्रधानमन्त्री मोदीको घोषणा

    April 14, 2020     3:05 pm

    कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले वैशाख २१ गते अर्थात मे ३ तारिखसम्म थप गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

    प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् देशका अन्य भागमा कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर आगामी हप्ता, एप्रील २० तारिखसम्म, भने केही कडा उपायहरू अपनाइनेछन्। “भाइरसका नयाँ हटस्पटहरू देखा परे भने त्यसले भारतकालागि थप समस्या खडा गर्छ। त्यसैले आगामी एकहप्ताका लागि हामीले एकदमै कडा हुनु परेको छ,” उनले भने।

    एकहप्ताको कडिकडाउपछि भने नयाँ हटस्पट अर्थात एकैस्थानमा धेरै सङ्क्रमण देखा नपरेका क्षेत्रमा लकडाउनका प्रावधान केही खुकुलो पार्न सकिने उनले बताएका छन्। मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र एप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए। देशवासीको नाममा सम्बोधन गर्दै सरकारले लकडाउनको सम्बन्धमा बुधवार विस्तृत निर्देशिका जारी गर्ने पनि मोदीले बताएका छन्।

    मोदीले के भने? भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकारले गरेको निर्णयहरूले भारतमा कोरोनाभाइरसको प्रकोप कम गर्न मद्दत गरेको दाबी गरे।

    उनले भने: “केही समय अगाडि भारतकै जस्तो अवस्थामा रहेका देशहरूको अवस्था खराव भएको छ भने भारत सम्हालिएको अवस्थामा छ। समयमा छिटो फैसला नलिएको भए भारतको अवस्था के हुन्थ्यो भन्ने सम्झँदा पनि डर लाग्छ।” “भारतलाई सामजिक दूरी र लकडाउनले ठूलो फाइदा गरेको छ।”

    उनले भारतले प्रभावित देशबाट आउने पर्यटकहरूको परीक्षण र १४ दिने क्वारन्टीनको निर्णय समयमै गरेको पनि बताए। भारतले मार्च २४ देखि लकडाउन गरेको हो। बुधवारसम्म भारतमा १०,४५३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र ३५८ जनाको मृत्यु भइरसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ। -बीबीसी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।