• कोरोना भाइरस: भारतमा लकडाउन अवधि थपिने सम्भावना

    April 12, 2020     12:53 pm

    भारतमा कोरोनाभाइरस फैलिन नदिन लगाइएको “लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।

    शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए जसका क्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हिँडडुलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए।

    दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने मङ्गलवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएका थिए। तर उनले त्यसबारे थप जानकारी दिएनन्। महाराष्ट्र राज्यले ३० एप्रिलसम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको बीबीसी हिन्दीले जनाएको छ।

    चिन्ता : भारतमा कोरोनभाइरसका कारण लगाइएका प्रतिबन्धहरूका कारण मानिसहरूले सास्ती पाएका र अर्थतन्त्र प्रभावित भएको भन्दै चिन्ता व्यक्त भइरहेका छन्। भारतका विभिन्न राज्यमा भाइरसको असर फरक-फरक रहेको छ।

    कुनै राज्यमा लकडाउन चल्दाचल्दै पनि त्यसको प्रभाव धेरै परेको छ। दशौँ लाख आप्रवासी कामदारहरूले रोजगारी गुमाएका छन् र उनीहरूले धेरै दु:ख पाइरहेका छन्। भारतमा अहिलेसम्म ७,६०० जना सङ्क्रमित भएका छन् र त्यहाँ २४९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ। तर वास्तविक सङ्ख्या त्योभन्दा बढी हुनसक्ने ठानिएको छ। बीबीसी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।