• आलु महोत्सव जारी

    April 6, 2019     8:33 pm

    हेमजा, २३ चैत ।

    पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा शुक्रवारदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव जारी रहेको छ ।

       महोत्सवलाई शनिवार सम्बोधन गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोषनारायण पौडेलले आलु महोत्सवले पोखराको कृषि पर्यटनमा टेवा पु¥याएको विश्वास व्यक्त गर्दै कृषि पेशालाई सम्मानित र मर्यादित पेशा बनाउनुपर्नेमा जोड दिए ।
    
       अधिकृत पौडेलले आधुनिक तथा सामुहिक कृषि प्रणालीबाटै आर्थिक क्रान्ति सम्भव भएको औँल्याउँदै नेपालीले आफ्नै उत्पादन सेवन गर्न जोड गर्नुपर्ने बताए ।
    
       पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाँले पहिला हेमजा क्षेत्र सुन्तलाको पकेट क्षेत्र भएको स्मरण गर्दै आलुको पहिचान पनि त्यसरी नै संकटमा पर्ने त होइन भन्दै चिन्ता व्यक्त गरे ।उनले आलुको ग्रेडिङ गरी बिक्रीवितरण गर्न हेमजावासीलाई सुझाव दिर्दै विषादीरहित कृषि उत्पादनमा चनाखो बन्न आग्रह पनि गरे।
    
       महोत्सवको उद्घाटनको दिन शुक्रवार भएको झाँकी ¥यालीमा माछापुच्छे« सेवा समाज प्रथम, बहुउद्देश्यीय किसान सहकारी द्वितीय, देवीस्थान कृषि सहकारी तृतीय साथै देवीस्थान भजन समूह, दियालो कृषि सहकारी, लामाचौतारा खुट्टेगौँडा टोल विकास संस्था, सिद्घीविनायक आमा समूह, नेवा खल हेमजा, नवजागरण आमा समूह र नमूना आमा समूह सान्त्वना हुन सफल भएका छन् ।

    महोत्सव अन्र्तगत शनिवार लोकदोहोरीतर्फ कलाकार जीवन दाहाल, तारापती सुवेदी, टेक क्षेत्री, सविना गुरुङ, माया गुरुङ, कमला गैरे र समिक्षा अधिकारी, हास्यतर्फ युवराज भण्डारी र राजेन्द्र नेपालीले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

       त्यस्तै रत्यौली प्रतियोगिता शनिवारदेखि नै सुरु भएको छ भने आइतवारदेखि राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता सुरु हुने सांस्कतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले जानकारी दिए ।महोत्सवमा शनिवारसम्म कुल ५० कुइन्टल आलुको कारोवार भएको झाँकी ¥याली व्यवस्थापन समितिका सदस्य जयराम तिमिल्सीनाले बताएका छन् ।
    
       ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव वसन्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।