• काेराेना कहर : न्युयोर्कमा एकैदिन ६ सय ३० को ज्यान गयो, अमेरिकाभर साढे ८ हजारकाे मृत्यु

    April 5, 2020     12:31 pm

    २३ चैत, काठमाडौं । अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र मानिने न्युयोर्क राज्यमा अवस्था थप भयावह बनेको छ । त्यहाँ एकैदिन ६३० मानिसको मृत्यु भएको छ भने झण्डै इटलीभर देखिए बराबरको कोरोना संक्रमित भेटिएका छन् ।

    न्युयोर्क राज्यमा कोरोनाबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । योसँगै कोरोनाबाट त्यहाँ ज्यान जानेको कुल संख्या तीन हजार तीन सय ६५ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमणदर पनि ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै एक लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।

    यो संख्या झण्डै इटलीभर फेला परेको कोरोना संक्रमितको संख्याभन्दा मात्रै ११ हजार छ सय ३२ ले कम हो । न्युयोर्क स्टेटका गभर्नर एन्ड्रिउ कुमोले ४ र १४ दिनमा संक्रमण थप बढ्ने बताएका छन् ।कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका तीन लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने ८ हजार ४ सय ९६ मानिसको ज्यान गएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।