• आफूखुशी राहत वितरण नपाइने, एकद्वार प्रणाली अपनाउन स्थानीय तहलाई निर्देशन

    April 4, 2020     6:37 pm

    २२ चैत, काठमाडौं । कोरोनाबाट प्रभावित नागरिकलाई निजी तथा सरकारी संघसस्थाले आफूखुशी राहत बाड्न नपाउने भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको हो । कारोनाको सम्भावित संक्रमणका कारण प्रतिकूल अवस्थामा सरकारले लकडाउन घोषणा गरेका छन् । यसबेला दैनिक ज्यालादारी गरेर खानुपर्ने समुदाय समस्यामा परेको छ ।

    खासगरी असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, विपन्न तथा असहायहरूलाई दैनिक जीवनयापन गर्न स्थानीय तहबाट राहत उपलब्ध गराउने काम सुरु भएको छ । यस अवस्थामा विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराउने राहत स्थानीय तहमा जम्मा गर्ने र एकद्वार प्रणालीबाट मात्र वितरणको व्यवस्था मिलाउन मन्त्रालयले स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

    स्थानीय तहले वितरण भएको राहतको दैनिकविवरण समेत मन्त्रालयमा पठाउनुपर्ने भएको छ । त्यसो त, सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषलाई समेत एकद्वार बनाउने निर्णय गरिसकेको छ । अब कोरोना नियन्त्रण तथा उपचारका नाममा अर्को कोष बनाउन पाइनेछैन । सरकारले बनाएको कोषमै सबै रकम जम्मा गर्नुपर्ने निर्णय सरकारले गरेको छ । उठिसकेको पैसा पनि सोही कोषमा ल्याउनुर्ने प्रावधान रहेको छ । अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।