• कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

    April 4, 2020     5:42 pm

    डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

    .१. हामी सुख दुख सहन अभ्यस्त छौं | कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ | २. हामीले दैनिक ताजा खाना खान्छौं | नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे खाएपनि ताजा खान्छौं | फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन |३. हामी परिश्रमी छौं | शारीरिक परिश्रम हाम्रो बानी हो |

    ४. हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर,ज्वानो, दालचिनी, तेजपात, मरौटि, पुदिना, सम्फो, जुदो, सिलम, मरीच, जिम्मु आदिमा रोग प्रतिरोधात्मक क्षमता प्रचुर हुन्छ |५. हामीले ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर भिटामिन सि पाइन्छ |६. तेलले मालिस गरेर, तालुमा तेल ठोकेर तथा प्राकृतिक खाना खाएर हामी हुर्किएका हौँ | ७. हामी नाचगान, हाँसोठट्टा तथा रमाइलो धेरै गर्छौं | हाम्रा चाडपर्व सबै रमाइला र भोजभतेर गर्ने टाइपका छन् |

    ८. भबितब्यमा पनि रमाउने, सहने हाम्रो बानी छ | ९. हामी दैनिक चिया खान्छौं | चियामा एन्टी अक्सिडेन्ट गुण हुन्छ | १०. भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, भटमास, क्वाटी, खिचडी, मोही, साँधेको बदाम आदिले हाम्रो आन्तरिक प्रणाली बलियो छ | ११. हामीले ट्वाइलेट पेपर, टिस्स्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग कम गर्छौं | त्यस्तै वासिंग मेसिनको प्रयोग थोरैले गर्छौं | यसको मतलब हामीले बिहानदेखि साँझसम्म दर्जनौं पटक हात धोइरहन्छौ | पानीसंग खेल्ने हाम्रो बानीले कोरोना संक्रमणको चेन ब्रेक गर्दछ | १२. हामीले खाने चटनी ( गोलभेंडा, भांगो, धनियाँ, पदिना, बत्तिलो घिरम्लो,कुटेको आलु, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भान्टा, तील, फर्सीको बियाँ आदिको ) र छोप स्वादिलो मात्र हैन, एन्टी सेप्टिक पनि छ |

    १३. केराको बुङ्गो, कोइरालाको फूल, काभ्रोको मुना, सजीवन, लप्सी, सिप्लिकान, भक्किम्लो, सित्तलचिनी, गोलभेंडाको भेत्तल आदिको अचार निकै स्वस्थबर्धक हुन्छ | १४. हाम्रा परम्परागत खाना जस्तै नेवारी खाजा, थकाली खाना लगायत निकै सन्तुलित छन् | १५. हामीले पुजा गर्दा थाहा नपाइ मेडिटेसन गरिरहेका हुन्छौं | १६. दुध, दही, घ्यु, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, मौसम अनुसारका फलफुल निकै स्वस्थबर्धक हुन्छन् | १७. अयला, जांड, छ्यांग, तोम्बा, कोदाको ठर्रा, तीनपाने, ताडी लगायतका घरेलु रक्सी उचित मात्रामा खाँदा स्वास्थ्य बिग्रेको हुँदैन | १८. हामीले आफनी बारी, खेत, करेसाका तरकारी ताजा टिपेर खाने गर्दछौं | १९. हाम्रो खानाको रुटिन निकै बैज्ञानिक छ | बिहानदेखि रातिसम्म धेरैपटक खाना / खाजा खान्छौं |

    २०. तत्काल काटेको मासु खाने प्रचलन निकै स्वस्थकर छ | हामीले फ्रोजन मासु ल्याएर, फ्रिजमा राखेर महिनौं खादैनौं | २१. हामी कहाँ अत्यधिक मोटोपनको समस्या छैन | २२. हामीहरु मुख बार्न निकै सिपालु छौं | २३. बिभिन्न बारमा ब्रत बस्ने चलनले पाचन प्रणालीलाई तरोताजा राख्दछ | २४. आयुर्बेद, योग, प्राकृतिक चिकित्सा, हिमालय मेडिसिनको स्थानीय स्तरमा निकै प्रयोग हुन्छ | २५. तन्त्र, मन्त्र, लागो, धामीझाँक्री आदिको मनोबैज्ञानिक पक्ष आत्मबल बर्धक छ |डा. रवीन्द्र पाण्डेकाे फेसबुकबाट साभार

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।