• कास्कीका संस्थागत विद्यालयहरूले नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने

    March 21, 2020     10:47 am

    कास्कीका संस्थागत विद्यालयहरूले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका छन् ।

    जिल्लामा क्रियाशील संस्थागत विद्यालयसँग आबद्ध युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, नेशनल प्याब्सनका अध्यक्ष हेमन्त अधिकारी र प्याब्सनका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले आज संयुक्त विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको परीक्षाफल तयार पारिराख्ने तर नतिजा प्रकाशन र विद्यार्थी भर्नाको कार्यक्रम स्थगित गर्ने जनाएका हुन् ।

    वर्तमान परिस्थितिले राष्ट्रिय एवम् अन्तरराष्ट्रिय क्षेत्रमा पारेको र पार्न सक्ने सङ्कटप्रति सङ्गठनको दायित्वलाई आत्मसात् गर्दै आ–आफ्नोे क्षेत्रमा स्थानीय परिवेशअनुरुप सामाजिक उत्तरदायित्व बहन गर्ने विज्ञप्तिमा जनाइएको छ । कोरोना भाइरसको प्रकोपका कारण विश्वभरि र नेपालमा पनि देखिएको विषम परिस्थितिमा राष्ट्रिय एवम् अन्तरराष्ट्रिय सङ्घसंस्थाले देखाएको सजगता र सावधानी साथै नेपाल सरकारले गरेको निर्देशनसमेतलाई ध्यानमा राख्दै अर्को सूचना नआउँदासम्मका लागि उक्त निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

    सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र आम समुदायमा कोरोना भाइरसको प्रभावबाट सुरक्षित रहन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।