• займ онлайн

    आहा रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

    March 15, 2020     10:52 pm

    राजेश कार्की, २ चैत्र, पोखरा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले पोखरामा सञ्चालन भएको १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा विभागिय टोली पुलिसलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।

    यससँगै मनाङले ६ पटक आहा रारा गोल्डकपको उपाधि उचाल्न सफल भयो । निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयको खेलमा समेत दुवै टोलिले गोल गर्ने नसकेपछि खेलको टाइब्रेकर मनाङका अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गरेका थिए । निशान लिम्बुको प्रहार भने पुलिसको गोलरक्षक रोशन खड्काले विफल पारेका थिए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गरे ।

    अजित भण्डारी र तेज तामाङको प्रहार भने मनाङका गोलरक्षक अशोक बरालले विफल पारेका थिए । बराल खेलको म्यान अफ दी म्याच घोषित भए । प्रतिस्पर्धात्मक खेलको नियमित तथा अतिरिक्त समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदपयोग गर्न सकेनन् । मनाङका अञ्जत विष्ट, विमल राना तथा पुलिसका भरत शाह, नीरकुमार राईले प्राप्त अवसर खेल फालेका थिए । पुलिसले क्वार्टर फाइनलमा आयोजक सहारालाई टाईब्रेकरमा ४–२ ताथ सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा सथान बनाएको थियो ।

    मनाङले क्वार्टरफाइनलमा झापा–११ लाई १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उपाधि विजेता मनाङले १० लाख एक हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता नेपाल पुलिस क्लबले पाँच लाख एक हजार रुपैयँमा चित्त बुझायो । पुलिसका अजित भण्डारी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

    उनले एक थान स्कुटर प्राप्त गरे। यसै गरी मानाङका अशोक बराल एतकृष्ट गोलरक्षक, सुरज विक उत्कृष्ट डिफेन्डर, नितिन थापा उत्कृष्ट मिडफिल्डर अन्जन विष्ट उत्कृष्ट फरवार्ड तथा फुजा टोपे उत्कृष्ट प्रशिक्षक घोषत भए । उनीहरुले सबैले जनही १५ हजार पुरस्कार पाए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।