• अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो

    March 8, 2020     11:53 am

    वाशिंटन- कोरोना भाइरस (कोभिड–१९) का कारण थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने दुवै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार ली काउन्टीका एकजना र सान्टा रोजा काउन्टीका अर्का एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा कोरोनाका कारण ज्यान गुमाएको यो पहिलो घटना हो । यसअघि पश्चिमी अमेरिकाका वाशिंटन राज्यमा १४ जनाको मृत्यु भएको थियो भने क्यालिफोर्निया राज्यमा १ जनाको मृत्यु भएको थियो ।

    हालसम्म अमेरिकाका फ्लोरिडा, वाशिंटन र क्यालिफोर्नियासहित एरिजोना, कोलाराडो, जर्जिया, इलेनोई, इण्डियाना, केन्टकी, मेरिल्याण्ड, मासाचुसेट्स, नेभादा, न्यू हेम्पसायर, न्यू जर्सी, न्यू योर्क, नर्थ क्यारोलाइना, ओरेगन, पेन्सलभेनिया, रोड आइल्याण्ड, टेनिसी, टेक्सस र विस्कन्सिन राज्यमा कोरोना संक्रमितहरु देखा परिसकेका छन् ।

    त्यसबाहेक क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरको तटपारी तैरिरहेको ग्राण्ड प्रिन्सेस नामक क्रुज सिपमा रहेका २१ जनामा कोरोनाको पुष्टि भएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एक पत्रकार सम्मेलनमार्फत् ग्राण्ड प्रिन्सेसमा सवार २१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोरोनाको लक्षण देखापरेका ४६ जनाको स्वास्थ्य परीक्षण गर्ने क्रममा १९ जना चालक दलका सदस्य र २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।