• कोरोना भाइरस : ३ हजार ३ सय ८३ को मृत्यु, ९७ हजार बढी संक्रमित

    March 6, 2020     11:18 am

    काठमाडौं– विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ ।

    विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् । चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ ।

    चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

    गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् । रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा सङ्क्रमित भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले बताए । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो ।

    चीनपछि सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटालीमा पुगेको छ । कोरोनाकै संक्रमणबाट इटालीमा अहिलेसम्म एक सय ४८ जनाले ज्यान गुमाएका छन् । इटालीमा कोरोना संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । त्यस्तै इरानमा १ सय ७ जनाले ज्यान गुएमा छन् । इरानमा अहिले सम्म ३ हजार ५ सय १३ मा संक्रमण फैलिएको छ ।

    त्यस्तै दक्षिण कोरियामा पनि कोरोना संक्रमण फैलनेक्रम बढेको छ । अहिलेसम्म ४२ जनाले ज्यान गुमाएका छन् भने ६ हजार २ सय ८४ जना संक्रमित छन् । त्यस्तै जापानमा १२, अमेरिकामा १२, फ्रान्समा ७, स्पेनमा ३ हङकङमा २ र इराकमा पनि २ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स, स्वीटजरल्यान र बेलायतमा एकएक जनाले ज्यान गुमाएका छन् ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।