• रुपा गाउपालिकामा ६५ दिने कुक तथा कडाई तालिम

    April 6, 2019     6:03 pm

    २३ पोखरा । पोखरा प्राबिधिक शिक्षालयको आयोजना, रुपा गाउँपालिका वडा नं. ६ र ध्रुबतारा क्लबको संयोजनमा निशुल्क कमर्सियल कुक र हाते कडाइ तालीम शुक्रबारदेखि सुरु भएको छ ।

    तालिमको उद्घाटन रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गरेका छन् । रुपा गाउँपालिकाको पर्यटन विकासलाई टेवा पुर्याउने हेतुले रुपा गाउँ पालिका वडा नम्बर ६ कार्यालय र क्लबले यस भित्रका समुदायलाई उद्यमी बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

    कार्यक्रममा सिटिईभिटि पोखरा प्रमुख जीवन भन्डारीले प्रशिक्षार्थीले ब्यबहारिक सीपलाई महत्वपूर्ण रुपले ग्रहण गर्नु पर्ने वताए । ६५ दिनसम्म चल्ने उक्त तालिममा ६० जनाको सहभागिता रहेको छ।

    सो अवसरमा क्लब अध्यक्ष प्रेम कुमार खड्काले तालिम उपलब्धिमुलक गराउन आआफ्नो ठाउँबाट लाग्नु पर्ने वताएका थिए ।

    रुपा–६ का वडा अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लब उपाध्यक्ष त्रीबिक्रम केसिले स्वागत र सचिब मोहमद मियाँले सञ्चालन गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।