• मुस्ताङको सौरु विद्यालयलाई गण्डकी बैंकको सहयोग

    April 6, 2019     5:56 pm

    पोखरा २३, चैत । २०७५ साल भदौमा मुस्ताङ जिल्लाको सौरु गाउँमा आएको बाढी पहिरोले क्षति पु¥याएको सौरु आधारभूत विद्यालयको पूर्ननिर्माणको लागि गण्डकी विकास बैंकले ४५ हजार सहयोग गरेको छ ।

    विहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई गण्डकी विकास बैँक लिमिटेड जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले ४५ हजारको चेक हस्तान्तरण गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले गण्डकी विकास बैँक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको वताए ।

    सो अवसरमा अध्यक्ष सोजन हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरु मध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर नपरेको र स–साना भाई बहिनीहरुको भविष्यसँग जोडीएको विषय रहेको अवस्थामा गण्डकी विकास बैँकले सहयोग गरेकोमा बैँक परिवार प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

    बैँकले आगामी दिनहरुमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिदैं जाने कुरा बैँकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।