• भारतको राजधानी दिल्लीमा भएको हिं’सात्मक द’ङ्गामा मा’रिनेको सङ्ख्या बढेर ३४ पुग्यो

    February 27, 2020     9:19 pm

    आइतवारदेखि भारतको राजधानी दिल्लीमा भएको हिं’सात्मक द’ङ्गामा मा’रिनेको सङ्ख्या बढेर ३४ पुगेको छ।

    मा’रिने सबैजनामा गो’ली लागेको पाइएको छ। अझैपनि कतिपय इलाकामा हिं’सक ज’त्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तर-पूर्वी भागमा छिटफुट हिं’सा भएका विवरण प्रहरीले दिएको छ।

    हजारौँ फौजको गस्ती हिन्दू र मुस्लिम समुदायबीच थप झ’डप हुन नदिन हजारौँ द’ङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन्। आइतवार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले सा’म्प्रदायिक द’ङ्गाको स्वरूप ग्रहण गरेको थियो।

    बुधवार हिं’सामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झ’डप भएको खबर आएका छन्।सहर अ’शान्त नै देखिन्छ।

    न्यायाधीशको सरुवा बिहीवार धेरैको ध्यान दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको सरुवातर्फ खिचिएको छ। उनको सरुवाबारे दुई साता अगाडि नै घोषणा गरिएको भएतापनि बीबीसी सम्वाददाताहरू भन्छन् हालसालै दिल्ली हिं’सालाई लिएर उनले गरेका ती’खा टिप्पणीका कारण उक्त घोषणा कार्यान्वयनलाई तीव्रता दिइएको हुनसक्छ।

    न्यायाधीश मुरलीधरले धार्मिक द’ङ्गाको मु’द्दामाथि सुनुवाइ गरिरहेका थिए र उनले बुधवार सरकार र प्रहरी दुवैको चर्को नि’न्दा गरेका थिए। बुधवार राति नै उनको तत्काल सरुवाको आदेश पठाइएको थियो। सरकारले उक्त सरुवा राजनीतिक रूपमा उत्प्रेरित नभएको जनाएको छ।

    यसबीच बीबीसी न्यूजको दिल्ली सम्वाददाता रजिनी वैद्यनाथनले मृ’तकको सङ्ख्या बढ्दै गर्दा परिवारका सदस्यहरू श’व बुझ्न पर्खिरहेका बताएकी छन्। पूर्वोत्तर दिल्लीस्थित एक श’वगृहमा आफन्तजनको भिड जम्मा भएको छ। उक्त श’वगृहमा जम्मा भएका अधिकांश आफन्तजन मुस्लिम समुदायको भएको वैद्यनाथनले बताइन्। बीबीसी न्यूज

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।