• क्लियर टिभीकोे विशेष अफर क्यान इन्फोटेकमा मात्र ९ सय ९९ मा क्यिलर टिभीको सेवा

    February 25, 2020     11:01 am

    पोखरा, १२ फागुन । नेपालको सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल भएको क्लियर टिभीले पोखरामा आयोजित क्यान इन्फोटेकको अवसरमा विशेष अफर प्रस्तुत गरेको छ । क्लियर टिभीका लागि पोखरा क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेट प्रालिले उक्त अफर सार्वजनिक गरेको हो ।

    अफर अन्तर्गत मात्र ९ सय ९९ रुपैयाँमा २ महिनाका लागि प्रिमियम प्याकेज उपलब्ध गराइएको पोखरा इन्टरनेटका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए । यो प्याकेजमा २ सय ५५ भन्दा बढी डिजिटल च्यानल र ९५ भन्दा बढी एचडि च्यानल रहेको छ ।

    जडानका लागि लाग्ने सेटअप बक्स निःशुल्क उपलब्ध गराइने कप्पनीले जनाएको छ । क्यान इन्फोटेकमा स्टल राखेर क्लियर टिभीले ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । यो अफर क्यान इन्फोटेक अवधिभर फागुन ११ देखि १५ गतेसम्म मात्र लागु हुने क्लियर टिभीका बिजनेस डेभलपमेन्ट म्यानेजर रेजिना आचार्यले जानकारी दिइन् ।

    क्लियर टिभी सेवा नेपाल भरी नै उपलब्ध रहेको आचार्यले बताइन् । ‘बढी एचडि च्यानल भएकाले क्लियर टिभीमा ग्राहकको आकर्षण बढेको छ,’ उनले भनिन्, ‘उत्कृष्ट पिक्चर क्वालिटी र रियल टायम एक्स्पेरियन्स पनि यसको विशेषता हो ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।