• बाल अधिकारबारे प्रतिवेदन बनाउँदै बालबालिका

    February 25, 2020     10:35 am

    अनुप गिरी÷ पोखरेली न्यूज, पोखरा, १२ फागुन । न्ेपालमा बाल अधिकारको अवस्थाबारे बालबालिका नेतृत्व प्रतिवेदन तयार भइरहेको छ । कन्सोर्टियम नेपालले आयोजना गरेको राष्ट्रिय कार्यशालामार्फत प्रतिवेदन बन्न लागेको हो । कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाका अनुसार कार्यशालाबाट तयार प्रतिवेदन राष्ट्र संघको मानव अधिकार परिष्दमा पेस गरिनेछ । उनले कार्यशालामा सातै वटै प्रदेशबाट बालबलिका सहभागी रहेको जानकारी दिए ।

    राष्ट्रिय कार्यशालाअघि प्रत्येक प्रदेशमा प्रदेशस्तरीय कार्यशाला आयोजना गरी त्यहाँबाट प्राप्त सुझाब समेटेर एकीकृत प्रतिवेदन तयार गर्न लागिएको उनले जानकारी दिए । राष्ट्रिय कार्यशालाको महिला बालबालिका कल्याणमन्त्री पार्वत गुरुङले आइतबार काठमाडौमा उद्घाटन गरेका हुन् । मन्त्री गुरुङले सरकार बालअधिकार संरक्षण हुने गरी नीति तथा ऐन बनाउन प्रतिबद्ध रहेको जनाए । उनले सकेसम्म राष्ट्रिय मानवअधिकार आयोग, सरकार र नागरिक समाजका तर्फबाट राष्ट्रसंघमा पेस हुने प्रतिवेदनमा एकरुपकता हुनुपर्ने बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।