• राप्रपा अध्यक्ष थापा भोलि पोखरा आउनुहुने

    April 5, 2019     10:22 pm

    पोखरा, २२ चैत।

    पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा भोलि शनिबार पोखरा आउनुहुने भएको छ ।

    क्षत्री समाज नेपालको पोखरामा हुने तेस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न उहाँ यहाँ आउन लाग्नु भएको हो ।

    राप्रपा अध्यक्ष थापासँगै पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्रीहरु भीम रावल, चित्रबहादुर केसी र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल समेत सो कार्यक्रमलाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।

    राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता, आजको आवश्यकतालाई आत्मसात गर्दै नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न क्षत्रीहरु एकजुट भइ अगाडि बढ्नुपर्ने माग समाजले गरेको छ ।

    नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने उद्घाटन समारोह अघि चिप्लेढुंगादेखि ¥याली निस्कने जनाइएको छ । महाधिवेशन सफल पार्न क्षत्री समाज अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको संयोजकत्वमा १५ वटा विभिन्न उपसमिति गठन गरिएको समाजका केन्द्रीय सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।