• लेखनाथ सामुदायीक सेवा केन्द्रको रक्तदानमा ७३ यूनिट रगत संकलन

    April 5, 2019     10:10 pm

    चैत्र २२, लेखनाथ । लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा पोखरा–२७ डाँडाको नाक ले शुक्रबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ७३ यूनिट रगत संकलन भएको छ

    पोखरा–२७ तालचोक स्थित शुभम पार्टि प्यालेसमा आयोजित कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम ब. रानाले पहिलो रक्तदाता लेखनाथ सामुदायीक सेवा केन्द्रमा अध्यक्ष रमेश ओझालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले ब्लड बैंकहरुमा रगतको अभाव भईरहेको समयमा आयोजना गरिएको रक्तदान कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको वताउँदै आगामी दिनहरुमा पनि यस किसिमका सामाजीक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

    प्रमुख अतिथी रानाले समाजलाई विकृती र विसंगती रहित बनाउन सामुदायीक सेवा केन्द्रको भुमीका महत्वपुर्ण रहेको र यसमा समाजका सवै वर्ग समुदायले सदैव साथ दिनुपर्ने कुरामा पनि जोड दिएका थिए । उनले वर्षाको वावजुद पनि कार्यक्रममा उल्लेख्य रुपमा सहभागि भई रक्तदान गरेकोमा सम्पुर्ण रक्तदाताहरुप्रती पनि धन्यवाद व्यक्त गरेका थिए ।

    संस्थाका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–२७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ, वडा नं.–३० का अध्यक्ष श्रीराम पोख्रेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, आयोजक संस्थाका सल्लाहकार टिकाराम पँगेनी, लायन्स क्लव अफ लेखनाथ सिटिका अध्यक्ष रुद्ररमण रेग्मी लगायतले बोलेका थिए ।

    कार्यक्रममा रक्तदान गर्ने सम्पुर्ण रक्तदाता र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई संस्थाका अध्यक्ष रमेश ओझाले धन्यवाद व्यक्त गरेका थिए ।

    कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक कृष्णप्रसाद अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रमको सञ्चालन संस्थाका सचिव त्रिलोचन ज्ञापन लामिछानेले र धन्यवाद गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।