• त्रिकोणात्मक सिरिजमा ओमनको लगातार चौथो जीत

    February 13, 2020     11:33 am

    पोखरा, १ फागुन / राजेश कार्की । आइसिसी पुरुष व्रिmकेट वल्र्ड कप लिग अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा ओमन लगातार चौँथो जित निकालेको छ । कीर्तिपुर स्थित त्रिवि व्रिmकेट मैदानमा भएको खेलमा ओमनले अमेरिकालाई ९२ रनले पराजित गरेको हो ।

    ओमनले दिएको २७७ रनको लक्ष्य पच्छाएको अमेरिका ३९ दशमलव १ ओभरमा अलआउट हुँदै १८४ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि निसर्ग पटेलले सवाधिक ५२ रन बनाए । अरोन जोन्सले ४७ रन, ड्रयान हल्यान्डले २८ तथा जम्भियर मार्सलले २३ रन जोडे । ओमन लागि अकिब इल्यासले र बिलाल खानले ३÷३ तथा जीशन मक्सुदले र मोहम्मद नादीमले १ विकेट लिए ।

    टस हारेर व्याटिङको निम्तो पाएको ओमनले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७६ रन बनायो । ओमनका लागि अकिब इल्यास र जोशन मक्सुदले सतक प्रहार गरे । जोशनले ४ छक्का र १० चौकाको मद्धतले १०१ रन बनाए भेन अकिबले १ छक्का र ११ चौकाको मद्धतले १०२ रनको बनाए । जारि सिरिजमा ओमको यो चौथो जितहो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।