• займ онлайн

    अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने

    February 11, 2020     11:43 pm

    क्यानबेरा । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ ।

    अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने उल्लेख छ । अदालतले दुई पुरुष – ब्रेन्डन थाम्स र डेनियल लब – को मुद्दाको सुनुवाई गरेको थियो जो विदेशमा जन्मेका थिए तर उनीहरु आदिवासी जनजाति समुदायका रहेको पहिचान गरिएको थियो ।

    थाम्सलाई ५१० दिन अध्यागमनको थुनामा राखिएको थियो । अदालतले आदेश दिएको केही घण्टापछि थाम्सलाई जेलमुक्त गरिएको थियो । उनका वकील क्लेयर गिब्सले अदालतको आदेशका कारण थाम्सलाई सरकारले देश निकाला गर्न नपाउने बताए ।

    ‘ब्रान्डनले पनि अध्यागमनको थुनामा ५०० दिन बिताएका थिए । उनलाई आफू विदेशतर्फ नै निर्वासित हुनुपर्ला भन्ने चिन्ता थियो । मुक्त हुन पाउँदा अदालतलाई धन्यवाद दिएका छन्,’ गिब्सले बताए । ‘उनी आफू रिहा भएकामा अति प्रसन्न छन् र अब परिवारसँग पुनर्मिलन हुन पाउने छन् ।’ एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।