• займ онлайн

    चीनमा रहेको नेपाली ल्याउन ३ फागुनमा जहाज पठाइने

    February 11, 2020     9:51 pm

    अनुप गिरी ÷पोखरेली न्यूज । पोखरा, २८ माघ । चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडवडी जहाज पठाइने भएको छ । एयरवस ३३०–२०० सिरिजको २७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो ।

    मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । परराष्ट्रले नेपालस्थित चिनिया दुतावासमार्फत चीन सरकारलाई आगामी १५ फेव्रअरी (३ फागुम ) मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । वुहानबाट ल्याउने १८० नेपालीको सूची निगमले पाइसकेको छ ।

    तीन क्याप्टेन र तीन पाइलटसहितको क्रु टोली सहितको जहाज चीन जानेछ । जहाजमा सेना र प्रहरीका दुई चिकित्सक, दुई नर्स सहितको स्वास्थ्य कर्मीको टोली हुनेछ । उनीहरुको नाम गोप्य राखिएको छ । क्रु तथा डाक्टर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको पोसाक लगाएर जानेछन् । जहाज फर्किसकेपछि भने ४८ घण्टा ग्राउन्डेड रहनेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनस्थित नेपाली दूतावासले उद्धारका लागि आवश्यक तयारी गर्न ७२ घण्टाको समय मागेको छ । चीन सरकारसँग समन्वय गरेर प्रक्रिया पूरा गर्न र उद्धार गरेर नेपाल ल्याएपछि राख्ने ठाउँ व्यवस्थापन गर्न केही समय लाग्ने भएपछि ३ फागुनको मिति निश्चित भएको छ ।

    चीनसम्म जाने र चीनबाट ल्याइएका नागरिकको उपचारमा प्रोटेक्टिभ इक्युपमेन्ट प्रयोगबारे तालिम दिइएको छ । चीनबाट एक सय ८० नेपालीलाई स्वदेश फिर्ता गरेपछि दुई हप्ता क्वारेन्टाइनमा राखिनेछ । चिकित्सकका अनुसार क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको सुविधा सहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिसँग सम्पर्क हुन नदिन गरी व्यवस्था मिलाइनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।