• तनहुँमा बाँदर नियन्त्रण गर्न समिति गठन

    April 3, 2019     10:13 pm

    पोखरेली न्युज चैत २० /
    तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि समिति गठन गरिएको छ ।

    देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरिएको हो ।

    समितिमा भरतपुर महानगरपालिका–१ र देवघाट गाउँपालिका–४ का अध्यक्षसमेत सदस्य रहेका छन् ।

    समितिले गाउँपालिका, स्थानीय प्रशासन, स्थानीय बासिन्दा, व्यवसायी, तीर्थयात्री लगायतसँग छलफल गरी बाँदरलाई नियन्त्रण गर्ने उपायबारे क्षेत्र विकास समितिलाई सुझाव दिनेछ ।

    देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

    बाँदरलाई व्यवस्थापन गर्न बाँदरमैत्री पार्क बनाउने, बाँदरलाई घेराबन्दी गरेर समाउने, समाएर बन्ध्याकरण गर्ने, धपाउने वा अन्य केही विकल्पबारे पनि छलफल भएको उनले जानकारी दिए ।

    गाउँपालिकाको प्रयासले मात्रै बाँदर नियन्त्रणमा नआउने हुँदा त्यसका लागि आवश्यक सहयोग गर्न गण्डकी प्रदेश र प्रदेश नं ३ को सरकार तथा सङ्घीय सरकारलाई समेत अनुरोध गरिने भएको छ ।

    पौडेलका अनुसार अध्यक्ष प्रदेश ३ को सरकार र भरतपुर महानगरपालिकाले बाँदर नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । प्र

    सिद्ध मठमन्दिरसहितको धार्मिक क्षेत्र भए पनि बाँदरले दुःख दिन थालेपछि भक्तजन डराई डराई मन्दिर घुम्नु परेको अध्यक्ष पौडेलले बताए ।

    देवघाट क्षेत्रमा हाल करीब एक हजार ५०० को सङ्ख्यामा बाँदर रहेको देवघाट गाउँपालिका–५ का अध्यक्ष यालबहादुर गुरुङले बताए । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।