February 10, 2020 10:41 am
अनुपगिरी÷पोखरेलीन्यूज / पोखरा, २३ माघ । चीनबाट फर्काइने नागरिक राख्नभक्तपुरको खरिपाटीस्थित विद्युतप्राधीकरणको कर्मचारी तालिम केन्द्र छनोट भएको छ । सुरक्षाको हिसाबले यो नै उपयूक्त छ भन्ने निष्कर्ष छ । स्वास्थ्यमन्त्रीभानुभक्त ढकालले खरिपाटीको विद्युत प्राधीकरणको तालिम केन्द्र सबैको रोजाइमा परेको तर मन्त्रीपरिषदबाट औपचारिक निर्णय हुनबाँकी रहेको बताएका छ्न । मन्त्रीपरिषदले क्वारेन्टाइनबारे निर्णय गरेपछि चीनबाट नागरिक फर्काउने प्रक्रियाऔपचारिक रुपमा सुरु हुने सैनिकश्रोतले जनाएको छ ।
हुवेई प्रान्तका ६ स्थानका एक सय ८० नेपाली स्वदेश फर्किनकालागि वेइजिङ स्थित नेपालीदुतावासमाफारम भरिसकेका छन् । उनीहरु सबैलाई एकै स्थानमा राख्ने गरि सरकारी अधिकारीले कार्ययोजनाबनाएका छन् । १९ वटा मात्रै कोठा खाली रहेको भन्दै मंगलबार उक्ततालिम केन्द्रमाप्रतिकोठा तीनजनाको दरले ५७जनामात्रै राख्न सकिने निष्कर्ष निकालिएको थियो । तर सबै कोठा खालीगर्दा बुहानबाट ल्याइने सबै अटाउने देखेपछि सेनाले बुधबार यहितालिम केन्द्र प्रस्ताव गरेको हो । रक्षा मन्त्रालयको समन्वयनमाउनीहरुको उडान, उपचार सुरक्षा र खाने बस्ने बन्दोबस्तव्यवस्था गरिएको छ १४ दिनक्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर फर्काउने योजनाबनाइएको छ । यस अघि सेनाको पाँचखालस्थितवीरेन्द्र शान्तीकार्य तालिम केन्द्रलाई पनि सम्भावितक्वारेन्टाइनका रुपमा प्रस्ताव गरिएको थियो ।
स्वास्थ्यमन्त्रालय स्रोतकाअनुसार सुरक्षाको सबै जिल्ला सेनाले लिएको छ। परराष्ट्र मन्त्रालयबाट औपचारिक रुपमा परिपत्रभएको तीन दिनपछि मात्रै जहाज उडाउने प्रस्तावआएको बैंठकमा सहभागी एक अधिकारीले बताए । मुख्य सचिव रेग्मीले पनि पठाउने जहाज, सिट क्षमता, जहाजको भाडा, जहाजनिर्मलीकरण गर्न सम्बन्धित सचिवहरुलाई निर्देशनदिएका छन् ।
सेनाले जहाजमाजाने चिकित्सक र विमानस्थलमा ल्यान्ड भएपछि स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको सूची र कोही बिरामी परे त्रिभुवन विमानस्थलबाट अस्पतालसम्म लैजाने एम्बुलेन्सको सूची समेत उपलब्ध गराउन स्वास्थ्यमन्त्रालयलाई भनेको छ। बैठकमा स्वास्थ्य परीक्षण बारे कार्ययोजना खटाईने सबै चिकित्सकको परिचय स्पष्ट खुल्ने गरी ल्याउनमुख्य सचिवले निर्देशनदिएका छन् । हुवेईबाट एक सय ८० नागरिक ल्याएपछि आउन इच्छुक अन्यलाई पनिल्याउने तयारी गर्नुपर्ने बिषय बैंठकमा उठेको थियो । यसबारे अहिल्यै देखि तयारीमाजुट्नुपर्ने प्रस्तावआएको छ ।