• займ онлайн

    चीनबाट ल्याइने नागरिकलाई चार ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन

    February 10, 2020     10:38 am

    अनुप गिरी÷पोखरेली न्यूज / पोखरा, २४ माघ । प्रधानमन्त्री केपी ओलीले चीनको बुहानबाट ल्याउने नागरिकलाई काठमाडौ र भरतपुरका ४ ठाउँमा राख्न निर्देशन दिएका छन् ।

    उनले काठमाडौँको इचंंगुनारायण स्थित सुकुमबासी आवास भवन र शिवपुरी सैनिक ब्यारेक तथा भत्तरपुरको खरिपाटी स्थित विद्युत प्राविधिकरण तालिम केन्द्र र सूर्य विनायकको सैनिक ब्यारेकमा राख्न निर्देशन दिएका छन् । बुधबार मुख्यसचिवको संयोजनमा बसेको बैठकले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र छनोट गरेको थियो । तर, सबैलाई एकै स्थानमा राख्नुभन्दा विभिन्न ठाउँमा बाँडेर थारै–थोरै राख्दा सुरक्षित हुने भन्दै प्रधानमन्त्रीले चार ठाउँमा राख्न निर्देशन दिएका हुन् ।

    स्वदेश फर्किने एक सय ८५ जनाले बेइजिङ स्थित नेपाल दूतावासमा फारम भरिसकेका छन् । उनीहरुलाई फिर्ता ल्याएपछि १४ दिनसम्म छुट्टै सुरक्षित स्थानमा राखिने छ । प्रधानमन्त्रीले चीनबाट ल्याइने नागरिक बिरामीपरे उपचार गर्न तथा क्वारेन्टाइन अवधिको तयारीमा जुट्न पनि निर्देशन दिएका छन् । चीनबाट ल्याइने मध्ये सम्भावित बिरामीलाई लक्षीत गरी स्वास्थ्य मनत्रालयले ४३ शत्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।