• जसुदाको प्रतिबद्धता : आफ्नो कारोबार आफै मिलाउछु, गल्ती गरेको भन्दै मागिन् माफी

    April 3, 2019     9:45 pm

    पोखरा, २० चैत । पोखराका विभिन्न व्यक्तिहरुसँगको आर्थिक कारोवारमा आफुले तिर्नुपर्ने रकम नतिरी सम्पर्क बिहीन भएको आरोप लागेकी पोखराकी जसुदा पौडेलले आफूबाट गल्ति भएको बताएकी छिन् । विज्ञप्ती मार्फत आफु सम्पर्कविहिन हुनु गल्ती भएको भन्दै आफु अहिले सम्पूर्णसँग सम्पर्कमा रहेको बताएकी छिन् । आफु विरुद्ध समाचार आएपछि आक्रोशमा सञ्चारमाध्यम विरुद्ध बोलेको भन्दै उनले क्षमासमेत मागेकी छन् । ‘बिगत केही दिनदेखि घरपरिवारसँग सम्पर्कमा नरहनु गल्ती थियो,’ उनले भनेकी छिन् ।

    आफूले तिर्नुपर्ने रकमसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरुसँग आफू नियमित सम्पर्कमा रहेको उनले विज्ञप्तिमार्फत बताएकी छिन् । आवेश तथा बहकाउमा आएर पूर्वपतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेको स्वीकार गर्दै उनले उक्त उजुरी पनि फिर्ता लिएको बताइन् । उनले आफ्नो पुर्वपति प्रति आक्रोशमा विभिन्न झुठ्ठा आरोपहरु लगाएको पनि स्विकारेका छन् । आफ्नो कारोबार भएका व्यक्तिसँग नियमित सम्पर्कमा रहेको भन्दै उनले आफ्नो नाममा रहेको सम्पत्ति तथा व्यवसाय, माइती, साथीभाइ तथा आफन्तको साथबाट मिलाउने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।