• займ онлайн

    शान्ति स्थापनार्थ साउथ सुडानमा जान लागेका सशस्त्र प्रहरीको बिदाइ

    February 9, 2020     11:38 am

    काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलकोतर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा जान लागेका सशस्त्र प्रहरीको बिदाइ गरेका छन् ।

    सुडानस्थित ‘फम्र्ड पुलिस युनिट’ (एफपियु)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच उनले बिदाइ गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्तिस्थापनार्थ खटिँदा राष्ट्र र सङ्गठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र इमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादनमा क्रियाशील रहन निर्देशन दिए ।

    उनले मिसन इलाकामा रहँदा त्यहाँको भाषा, संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मी थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहनुपर्ने बताए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपियुका रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० अधिकृतसहित कूल १८० छन् । काठमाडौँपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।