• займ онлайн

    चीनबाट ल्याइने नागरिक राख्ने ठाउँको टुंगो आज

    February 6, 2020     10:29 am

    अनुप गिरी÷पोखरेलीन्यूज / पोखरा, २४ माघ / सरकारले चीनबाट उद्धार गरेर ल्याउने नागरिकलाई राख्ने ठाउँ (क्वारेन्टाइन) को टुंगो मंगलबार लगाउने भएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको समन्वयमा सेना र पहरीकाचिकित्सकसमेतको पाँच सदस्यीय टोलीले सोमबार सम्भावित २५ स्थानको अवलोकन गरेको छ । तर, निर्णय भइनसकेको स्वास्थ्यमन्त्रालयकाप्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

    सरकारले चीनबाट फर्किनेहरुलाई एउटा कोठामा तीनजनाका दरले राख्ने प्रबन्धगर्दैछ । उनीहरुलाई वेड, लुगाजुत्ता ३७ थरी सामाग्रीआवश्यक पर्ने चिकित्सकको भनाई छ । कहाँ राख्ने भन्दापनिमेडिकल सामाग्रीव्यवस्थापनमुख्यबिषय रहेको चिकित्सकहरुले सुझाएका छन् । चीनको हुवेइप्रान्तबाट फर्काइनेहरुलाई राखिने विभिन्न स्थानकाबिषयमातयारी गरिरहेको सैनिकप्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

    क्वारेन्टाइन सहितको प्रवन्ध सुनिश्चित भएपछि सरकारले उडान सहितको विवरण चीनलाई पठाउनेछ । त्यसपछि नेपालीहरु फिर्ता हुनेछन् । नेपालीवायु सेवानिगमनको वाइडवडी विमान उद्धारका लागितयारी अवस्थामा छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।