• विश्वका धनी व्यक्तिको सूचीमा पुनः विनोद चौधरी

    March 6, 2019     10:00 pm

    पोखरेली न्युज २२ फागुन /नेपालका विनोद चौधरी फोब्र्सको विश्वका धनी व्यक्तिको सूचीमा पुनः अटाएका छन् ।

    विश्वका २१ सय ५३ अर्बपतिमध्ये चौधरी फोब्र्सको १३ सय ५९ औं स्थान बनाउन सफल भएका हुन् । गत वर्षभन्दा २ सय १४ स्थान माथि उक्लिने क्रममा २० करोड अमेरिकी डलरबराबरको सम्पत्ति थपेको फोर्ब्सले जनाएको छ । आजको डलर विनिमयअनुसार चौधरीको सम्पत्ति २२ अर्ब ६५ करोड रुपैयाँ बढेको हो ।

    चौधरीका १ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् झण्डै १ खर्ब ९२ करोड नेपाली रुपैयाँ सम्पत्ति रहेको फोब्र्सको भनाइ छ । चौधरी सीजी कर्प ग्लोबलका प्रमुख हुन् भने नेपालमा नबिल बैंकमा समेत उनको स्वामित्व छ ।

    त्यस्तै चौधरी ग्रुपमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालन समेत गर्दै आएका छन् । चौधरी नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभाका सांसद समेत हुन् ।स्रोत न्यूज २४ अनलाइन

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।