• पोखरा विश्वविद्यालयका पाँच हजार पाँच सय विद्यार्थीैं दिक्षित

    April 3, 2019     8:54 pm

    पोखरेली न्युज चैत २० /
    पोखरा विश्वविद्यालयको बुधवार सम्पन्न सो¥हौं दीक्षान्त समारोहमा विभिन्न संकालयका पाँच हजार पाँच सय २८ विद्यार्थीहरु दिक्षित भएका छन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं बरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले विभिन्न संकालयका डीन लिष्टमा पर्न सफल चार सय दुई विद्यार्थीहरुलाई दिक्षित गर्दै अहिलेको शिक्षा प्रणलीमा नैतिक शिक्षाको अभाव रहेकाले आदर्श र मर्यादापूर्ण विद्या आर्जनको सट्टा बन्द, हडताल र आन्दोलले प्रश्रय पाएकोमा दुः ख ब्यत्त गर्दै यसको अन्त्ये हुनु पर्नेमा जोड दिएका थिए ।

    शिक्षा एउटा माध्यम हो जसले मानिसलाई ज्ञान प्राप्तीमा सहयोग पु¥याउने विचार राख्दै प्राङगीक ब्यक्तिहरु राष्ट्र निर्माणको अभियानमा सहयोगी भएर लाग्नु पर्छ उहाँको सुझाव रहेको थियो । विश्वव्यापी रुपमा नै बजारमुखी बनेको शिक्षा प्रणलीलार्ई सरलीकृत बनाउनका लागि यान्त्रिकीकरण गरिनु पर्नेमा समेत जोड दिनु भएको थियो ।

    कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा मानव जातिको एउटा अनमोल सम्पति हो, आभुषण वा गहना हो यो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सिप सिक्ने तथा सिकाउने थलो भएकाले मानव जातिलाई सभ्य, दक्ष र ज्ञानी बनाउनु आजको आवश्यकता छ उहाँको भनाई रहेको थियो ।

    अबको शिक्षा बिदेश जाने लाईसेन्स नबनोस भन्नेमा जोड दिदै स्वदेशका नै कहि गरौं भन्ने सोचले उत्पादनसिल कार्यको नयाँ बाटो तर्फ उन्मुख हुन समेत उहाँको सुभाव रहेको थियो ।

    पोखरा विश्वविद्यालयका आफ्ना चार वटा आङ्गिक महाविद्यालय, चार वटा संयुक्त आंगिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयहरु मार्फत विभिन्न प्राविधिक एवम् साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठन पाठन हुदै आएको छ भने विश्वविद्यालयमा कुल ५६ वटा कार्यक्रमहरु संचालनमा रहेको छन् ।

    सोही अवसरमा २०७५ सालको स्नातकोत्तर तहमा सवैभन्दा उच्च अंक प्राप्त गर्न सफल बिज्ञान तथा प्रविधि संकायका शुशील तिमिल्सेना र ब्यवस्थापन संकालयकी दिब्या ज्योती पण्डितलाई कुलपति पदक र स्नातक तहको ब्यवस्थापन संकायका प्रनिसा घिसिङलाई उप कुलपति पदकबाट सम्मान गरिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।