• कोरोना भाइरस के हो ? लक्षण र बच्ने उपाय

    January 27, 2020     10:32 pm

    काठमाडौं- चीनबाट शुरु भएको कोरोना भाइसरसको संक्रमण नेपालमा प‍नि भेटिएको छ ।

    केही दिन अघि चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उनीमा कोरोना भाइस छ छैन भन्नेबारे परीक्षणका लागि हङकङ पठाइएकाे ‘स्याम्पल’ आएपछि ती युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

    कोरोना भाइरसको संक्रणम हुँदा कसरी साबधानी अपनाउने ? कोरोना भाइरस के हो ? यसबारे यहाँ केही जानकारी प्रदान गरिएको छ । कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

    कोरोना भाइरसको लक्षण

    –ज्वरो आउनु र खोकी लाग्नु,

    –छिटोछिटो सास फेर्नु,

    –सास फेर्न गाह्रो हुने,

    –समयमा उपचार नभएका निमोनिया हुनु,

    –सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

    –मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

    कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

    –नियमित रुपमा हात सफा गर्ने,

    – खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

    –मासु र अण्डा राम्रोसँग पकाएर खाने,

    –कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।