• ‘कोरोना भाइरस’बारे डा. रवीन्द्र समीर भन्छन्- साबधानी अपनाऔं, डर नमानौं

    January 27, 2020     10:28 pm

    काठमाडौं– चीनबाट शुरु भएको ‘कोरोना भाइरस’को संक्रमण अहिले विश्वव्यापीरुपमा फैलिएको छ । यसको संक्रमणबाट चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी संक्रमित रहेको बताइएको छ ।

    नेपालमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टिसँगै यसको सावधानीका उपाय अपनाइएको छ । कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टिसँगै नेपालीहरुमा एक किसिमको त्रास उब्जिएको छ । कोरना भाइरसलाई मध्यनजर गर्दै सरकारले समेत काठमाडौं उपत्यकाका अस्पताललाई सतर्क रहन निर्देशन दिएको र संक्रमणको आशंका लागेका व्यक्तिको छुट्टै उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    कोराना भाइरसबारे विभिन्न विचार तथा अभिव्यक्तिहरु पनि सार्वजनिक भएका छन् । जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र समीरले कोरोना भाइरसबारे डर मान्नुपर्ने अवस्था नरहेको बताउँदै उनले सामाजिक सञ्जालमा अपनाउनुपर्ने साबधानीबारे केही जानकारी उल्लेख लेखेका छन् ।

    – यो एक प्रकारको रुघा हो, कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

    – सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि तरिकाबाट सर्न सक्छ ।

    – यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन, ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।

    – यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।

    – यो रोगको खोप छैन ।

    – रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन सक्छ ।

    – यो रोग लाग्दैमा मृत्यु हुँदैन । यसको मृत्यु दर २-३ % मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर, एचआईभी, मुटुरोग / मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन ।

    –चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समूहमा पर्दछन् ।

    – सकभर भिडभाडमा नजाने । जस्तै : अस्पताल / सपिंग मल / सिनेमा घर, सार्वजनिक यातायात आदि ठाउँमा नजाने ।

    –हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन । N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

    – मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

    – रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।