• सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग समाजद्धारा दृष्टिबिहिनलाई सहयोग

    January 25, 2020     9:20 pm

    पोखरा, ११ माघ । २८५६ औं मञ्जुश्री संवत सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवा समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले निर्मार्ण गरेको रिञ्छिन तोर्जेट तामाङ्ग शान्ती गुम्वामा आयोजित शुभकामना कार्यक्रममा बैदाम तामाङ्ग सेवा समाजमा आवद्ध तामाङ्ग समुदायको उपस्थिती रहेको थियो ।

    समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा दृ’ष्टिबिहिनहरुलाई ल्होसारको सन्दर्भमा सेतो छडी तथा रु १० हजार सहयोग प्रदान गरिएको थियो । रु ५ हजार बैदाम तामाङ्ग सेवा समाजको तर्फ बाट प्रदान गरिएको थियो भने रु ५ हजार हालै सम्पन्न मिस तामाङ्ग पोखरा २०२० का विजेता शशिकला तामाङ्गले व्यक्तिगत प्रदान गरेका थिए । अ’पाङ्गमैत्री संघ कास्कीलाई उक्त सहयोग प्रदान गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल तामाङ्ग घेदुङ्ग गण्डकीका अध्यक्ष हरिजंग तामाङ्गले ल्होसार एकताको चाड भएको बताए । उनले भाषा र संस्कृतिले नै जातीको अस्तित्व बचाइराख्ने हुँदा यसको जगेर्नाका लागि सबै तत्पर हुनुपर्ने बताए । समाजका अध्यक्ष ज्याक तामाङ्गले समाजले तामाङ्ग समुदायको भाषा र संस्कृतिको जगेर्ना मात्रै होइन पर्यटकिय नगरी पोखरामा पर्यटकलाई आकर्षित गर्न गुम्वा तथा ध्यान केन्द्र निर्माण गरेको सुनाए । उनले ल्होसारले सम्पुर्ण नेपालीलाई एकताको सुत्रमा बाँधी राखोस भनी शुभकामना दिएका थिए ।

    हेल्पिङ्ग ह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चिनबाट फैलिएको कोराना भा’इरसका बारेमा बोलेका थिए । उनले यस संक्रमण, लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराएका थिए । उनले ल्होसारको शुभकामना दिंदै सबैको सुस्वास्थ्यको कामना गरे । मिस तामाङ्ग पोखरा शशिकला तामाङ्गले युवा पुस्तामा साँस्कृतिक जागरणको आवश्यकता रहेको बताइन् । कार्यक्रम संचालन समाजका उपाध्यक्ष जयन्ती मोक्तानले गरेकी थिइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।