• займ онлайн

    गायिका आस्था राउतले माफि मागिन,आस्था विरुद्ध उजुरी, प्रहरीले थाल्यो अनुसन्धान (भिडियाे सहित)

    January 17, 2020     11:47 pm

    काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छिन् । फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका राउत फेरि विवादमा तानिएकी हुन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् ।

    भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन् । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन् । आस्थाको फेसबुक पेजमा यो भिडियोले १ लाख ८१ हजार भ्युज पाइसकेको छ । अन्य पेजबाट पनि शेयर भइरहेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले विमानस्थलमा आफू माथि दुर्व्यवहार गरिएको भन्नुभएको छ। त्यसको छानबिन गर्छौं। साथै उहाँले भिडियोमा प्रयोग गर्नुभएको भाषा निक अशिष्ट छ। त्यसप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ ।’

    यता राउतले भने रिसको झोकमा आवेगमा आएर बोलिएका केही शब्दहरुका लागि क्षमा मागेकी छिन् । फ्लाइट छुट्न लागेको जानकारी गराउँदै आफुले छिटो चेक गरिदिन अनुरोध गरेपछि एक महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनेको उनले आरोप लगाएकी छिन् । आफुले दुवै हात माथि उठाएर फेरि आग्रह गरेपछि ति महिला प्रहरीले ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनेको उनले जानकारी दिएकी छिन् ।

    महिला प्रहरीले लगाएको युनिफर्मको नेमप्लेटमा ‘रमिता’ लेखेको पनि उनले स्पष्ट पारेकी छिन् । भद्रपुर विमानस्थलबाट निस्किएपछि उनी माघे संक्रान्तिको शुभकामना दिने अनि आफुमाथि भएको दुव्यवर्हारबारे जानकारी दिन लाइभी आएकी थिइन् । तर बोल्दै जाँदा अलि धेरै बोलेको अहिले उनलाई महसुस भईरहेको छ । आफ्नो परिवारमा पनि प्रहरी र सेनामा कार्यरत सदस्यहरु भएको भन्दै आफुले संगठनको सम्मान गर्ने उनले बताइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।