• займ онлайн

    गायिका आस्था राउत र प्रहरी विवादको सीसीटीभी फुटेज यस्तो छ

    January 17, 2020     11:32 pm

    ३ माघ, काठमाडौं । गायिका आस्था राउत प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सीसी क्यामरा फुटेज सार्वजनिक भएको छ ।

    प्रकरणको अनुसन्धान जारी रहेकै वेला विमानस्थलको फुटेज सार्वजनिक भएको हो । फुटेजमा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको देखिन्छ । राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् ।

    त्यसपछि झोक्किँदै निस्किएकी राउतले पुनः कफी फिर्ता लिएको देखिँदैन । महिला प्रहरीले पनि औंला ठड्याउँदै झोलामा जबरजस्ती कफी राखिदिन खोज्छिन् । राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् । विवाद भइरहेका वेला अन्य यात्रुले पनि हेरिरहन्छन् । अनुसन्धान समितिले ती यात्रुसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ ।

    राउतले विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै बिहीबार भिडियो सन्देश जारी गरेकी थिइन् । भिडियोमा उनले प्रहरी संगठनलाई गाली गलौज गर्दै अपशब्द बोलेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।